कतारबाट फर्कनेको सूची सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी कुल छ हजार ७७ जनाको विवरण दूतावासले सार्वजनिक गरेको हो ।

दूतावासका अनुसार विभिन्न कारणले समस्यामा परेका पाँच हजार ११२ जना प्राथमिकतामा परेका छन् भने ९६५ जनाको स्वदेश फिर्तीका लागि कम्पनीले नै दूतावासमा विवरण टपाएका छन् । कम्पनीले नै स्वदेश फर्काइदिने नेपालीको कम्पनीले नै टिकटको व्यवस्था गरिदिने छन् भने अन्य विभिन्न कारणले समस्यामा परेका र कम्पनीले पनि टिकट नदिएमा नेपाली आफैँले टिकट लिनुपर्नेछ ।

कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा चारवटा उडान हुनेछन् तर दूतावासले अहिले सार्वजनिक गरेको सूचीअनुसार पहिलो चरणमा सबै नेपाली फर्कन पाउने छैनन् । दूतावासले उनीहरूबाट पनि प्राथमिकता छुट्याएर पहिलो चरणमा प्राथमिकतामा परेका नेपालीको सूची फेरि सार्वजनिक गर्ने या व्यक्तिगत रूपमै सम्पर्क गरेर जानकारी गराउने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस