समयमै निर्माण नहुने आयोजनामा अपवाद : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सकिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ३, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार ३, पोखरा । पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ सीएमसी कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।
निर्माण कम्पनीले छ महिना अगावै अर्थात् सन् २०२० डिसेम्बरसम्म सबै निर्माणको काम सक्ने गरी काम गरिरहे पनि सुरुमा चीनमा कोरोनाको सङ्क्रमण देखिँदा चीनमा गएका कामदार त्यतै रोकिएको र पछि नेपालमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आयोजना निर्माणमा दोहोरो मार परेको थियो । बन्दाबन्दी अगाडिसम्म छ महिना अगावै निर्माणको काम सम्पन्न गर्ने गरी ५५ प्रतिशत काम सकिएको थियो ।

बन्दाबन्दीकै बीचमा पनि कामदारको स्वास्थ्य सुरक्षा, क्वारेन्टाइन, आवतजावतमा पूर्ण रूपमा रोक लगाएर निर्माणको कामलाई जारी राखिएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । मुनर्कीका अनुसार बन्दाबन्दीकै समयमा करिब चार प्रतिशत काम सम्पन्न भएको र कुल भौतिक निर्माणको प्रगति ५९ प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ ।

आयोजना स्थलमा २७१ जना चिनियाँ र १०० नेपाली कामदारले निरन्तर काम गरिरहे पनि विमानस्थलका लागि आवश्यक निर्माण सामग्री केही कलकत्ता बन्दरगाह, केही केरुङ नाका र केही चीनमा नै रोकिएकाले जनशक्ति हुँदाहुँदै पनि द्रुत गतिमा काम गर्न नसकिएको मुनकर्मीले बताए ।

चिनियाँ एक्जिम बैङ्कको करिब २२ अर्ब रुपियाँ सहुलियत ऋण लगानीमा विमानस्थल अन्तर्राष्ट्रिय उड्डयन संस्था आईकाओ को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण हुन लागेको विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० वा सोसरहका विमानले उडान गर्नसक्ने छन् ।
विमानस्थलको दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे, ट्याक्सी वे, आन्तरिक तथा बाह्य एप्रोन, टर्मिनल भवन, टावर, अध्यागमन, भन्सार, ह्याङ्गर, कार्गो, प्रशासनिक भवन, अग्नि नियन्त्रण, क्वारेन्टाइन, उद्धार कक्ष भवन निर्माण भइसकेको र मुख्य सडक नालालगायतका निर्माणको काम भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस