(कोरोनाअपडेट) एकै दिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, भारतमा साढे १४ हजारमा संक्रमण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ६, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ६, काठमाण्डौ । विश्वभर कोरोना भाइरसको संक्रमण झन् तीब्र गतिमा बढ्न थालेको छ । गएको २४ घण्टामा विश्वरभ एक लाख ७६ हजार दुई सय ७० जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या कोरोना भाइरस फैलिएयता एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । वल्र्डओमिटरकाअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ८७ लाख ४६ हजार दुई सय ५५ पुगेको छ । यो तथ्यांक शनिबार बिहान ६ बजेसम्मको हो ।

गएको २४ घण्टामा भारतमा १४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा १४ हजार सात सय ७२ जनामा संक्रण पुष्टि भएको छ ।
यो संख्या भारतमा एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । संक्रमणको कारण शुक्रबार भारतमा तीन सय ६६ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म संक्रमितको संख्या तीन लाख ९५ हजार आठ सय १२ पुगेको छ । संक्रमणबाट अहिलेसम्म भारतमा १२ हजार नौ सय ७० जनाले ज्यान गुमाएका छन् ।

विश्वभर गएको २४ घण्टामा पाँच हजार १८ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख ६१ हजार सात सय ७२ पुगेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय २१ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी अमेरिकामा ७०८, मेक्सिकोमा ६६७, चिलीमा २५२, पेरुमा १९९, रुसमा १८१, बेलायतमा १७३, पेरुमा १९९, इरानमा १२०, पाकिस्तानमा १३६ जनाले ज्यान गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस