गोरखा दरबार पुनर्निर्माणको म्याद थपियो

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ अषाढ ७, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार ७, गोरखा । गोरखा दरबार पुनर्निर्माणको म्याद आगामी मंसिर मसान्तसम्म थप भएको छ । पहिलो पटक थपिएको म्यादमा समेत पुनर्निर्माणको काम पूरा नभएपछि दोस्रो म्याद थप भएको हो ।

ठेक्का सम्झौताअनुसार गोरखा दरबार पुनर्निर्माणको काम २०७६ सालको मंसिर मसान्तसम्ममा सकिनु पर्ने थियो । तर निर्धारित समयमा पुनर्निर्माणको करिब ३५ प्रतिशतमात्रै काम भएपछि पुरातत्व विभागले पहिलो पटक ६ महिनाको म्याद थप गरेको थियो ।

गत पुस ४ गतेको विभागीय निर्णयअनुसार निर्माण व्यवसायीलाई जेठ मसान्तसम्मको म्याद दिइएको थियो । तर सो अवधिमा कोरोना संक्रमण, लकडाउनलगायतका कारण दरबार पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन ।

ताजा अपडेट

खोजी गर्नुहोस