सडकको मुहार फेर्ने एक मन्त्री : नेम्वाङ आएपछि सडकमा कायापलट, हरेक पटक आफैँ जान्छन् अनुगमनमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १४, आईतबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकामा विस्तार र निर्माण भइरहेका सडकको अनुगमन गरेका छन् । बालकुमारीको हनुमन्ते कोरिडोर, उपत्यकाकै सर्वाधिक सवारी जाम हुने कोटेश्वर चोकमा विस्तारको क्रममा रहेको चार लेनको सडक, गौशला–चाबहील सडक र जोरपाटी–साँखु सडक खण्डको मन्त्री नेम्वाङले अनुगमन गरेका छन् ।

चार लेनको सडक विस्तारका लागि कोटेश्वर चोक क्षेत्रमा भने विमानस्थलको बार सार्ने काम शुरू भएको छ । अनुगमनपछि मन्त्री नेम्माङले हनुमन्ते कोरिडोर निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय सरोकारवाला, निर्माण व्यवसायी र सम्बन्धित आयोजना हेर्ने आयोजना प्रमुख र मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयलाई छलफलका लागि मन्त्रालयमा बोलाएका छन् ।

जोरपाटी–साँखु सडक खण्डको सानो थलीको उकालो क्षेत्र र तिवारी टोल लगायतका ठाउँमा स्थानीयहरूले सडक विस्तारमा अवरोध गर्दै आएका छन् । अवरोध भएका क्षेत्रहरूमा सडक विस्तारको काममा समस्या देखिएको छ । स्थानीयको अवरोध नभएका क्षेत्रहरूमा भने सडक निर्माण र विस्तारको काम तीब्र गतिमा भइरहेको काठमाडौं सडक विस्तार आयोजना प्रमुख गुरु अधिकारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस