विश्वभर १ सय ५८ नेपालीको मृत्यु, ३७ देशमा रहेका नेपालीमा कोरोना देखियो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १४, आईतबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणमा विदेशमा मृत्यु हुनेको संख्या यो साता शून्यमा झरेको छ । अघिल्लो सातासम्म १३ देशमा १ सय ३० जना नेपालीको कोरोनाका कारणले ज्यान गएको छ । नेपालमा २८ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १८ हजार ७ सयभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका २६ हजार २ सय २७ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । मध्यपूर्वका देशमा विगत गत दुई सातामा मात्र ८ हजार भन्दा बढी नेपालीमा संक्रमण थपिएको स्वास्थ्य समितिले जनाएको छ । हालसम्म कतारमा कोरोना संक्रमण भएका ९२ हजार मध्ये २० प्रतिशत नेपाली प्रभावित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस