असार नसकिँदै आधाभन्दा बढी रोपाइँ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २६, शुक्रबार (४ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असार २६, काठमाडौँ । यस वर्ष असार नसकिँदै धान रोपाइँमा उच्च वृद्धि भएको छ । भदौ पहिलो हप्तासम्म हुने रोपाइँलाई राम्रै मान्ने गरिएको छ । समयमा मनसुन सुरु भएको र रासायनिक मल पहुँच र सिँचाइका कारणले ५० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । १० दिनमा मात्र रोपाइँमा २५ प्रतिशतले वृद्धि भएको छ । असार १५ गतेसम्म ३५।४८ प्रतिशतसम्म मात्र रोपाइँ भएको थियो भने असार २२ गतेसम्म ६०।६३ प्रतिशत रोपाइँ भइसकेको छ ।

कुल क्षेत्रफलमध्ये १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुन्छ तर यसपटक त्यसमध्ये आठ लाख ३१ हजार ६१२ हेक्टरमा धान रोपाइँ भइ सकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार असार २२ गतेसम्म ६०।६३ प्रतिशत रोपाइँ भइसकेको छ जबकि गत वर्ष २३।८० प्रतिशत रोपाइँ मात्र भएको थियो । अर्थात हालसम्म गतवर्षको तुलनामा ३६।८३ प्रतिशत बढी धान रोपाइँ भएको छ ।

विगतको तुलनामा तराईमा पनि रोपाइँमा निकै वृद्धि भएको छ । गत वर्ष यस बेलासम्म ९।७९ प्रतिशत मात्र रोपाइँ भएको थियो भने अहिले ५०।३३ प्रतिशत रोपाइँ भइसकेको छ । त्यस्तै, प्रदेश १ मा ५१।५४, प्रदेश ३ मा ५२।०२, गण्डकीमा ५६।४९, प्रदेश ५ मा ७५।४८, कर्णाली प्रदेशमा ७९।७५, सुदुरपश्चिम प्रदेशमा ७५।८६ प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीले जानकारी दिनुभएको छ ।

हालसम्म सबभन्दा बढी तराईमा ६२।३८ प्रतिशत रोपाइँ भइसकेको छ, जबकि असार १५ गतेसम्म ३४।३४४ प्रतिशत मात्र रोपाइँ भएको थियो । उच्च पहाडी भेगमा ५७।३४ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै मध्य पहाडमा ५६।१४ प्रतिशत रोपाइँ भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस