बिदेशमा अलपत्र परेका नागरिक धमाधम नेपाल आउँदै, युएईबाट १० हजार नेपाली स्वदेश आए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १९, सोमबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाण्डौ । कोरोनाका कारण युएईमा समस्यामा परेका मध्य करिब दश हजार नेपाली स्वदेश फर्किएका छन् । विदेशबाट स्वदेश फर्कने अन्य मुलुकहरुको तुलनामा यो सबैभन्दा धेरै संख्या हो । युएईस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म विभिन्न एयरलाइन्सको ५५ वटा चार्टर उडान मार्फत उनीहरु नेपाल फर्किएका हुन् ।

कोरोना भाइरस कोभिड १९ कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो । गत अगष्ट १ देखि ८ तारिकसम्म १७ वटा चार्टर फ्लाइट र नेपाली कार्यरत युएईका बिभिन्न कम्पनीले ८ वटा चार्टर फ्लाइट गरि थप २५ वटा एयरलाइन्सले काठमाडौंको लागि उडान भर्ने तयारी भइरहेको राजदूत कृष्ण प्रसाद ढकालले बताए । जसअनुसार नेपालीहरुको स्वदेश फिर्ति संख्या बढ्ने उनको भनाइ थियो ।

गत जुन १९ देखि अगष्ट २ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज,एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडान मार्फत युएईको तीन शहर शारहजा,अबुधावी र दुबईबाट उनिहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ । सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा गर्भवती महिला,कोभिड बाहेक अन्य दीर्घ रोगी,नेपालमा आफन्त गुमाएका,लामो समयदेखि रोजगार गुमाएका,बेतलबी र भिजिट भिसामा अलपत्र परेका नेपालीहरु स्वदेश फर्केका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस