विदेशी पर्यटकको संख्या ७१ प्रतिशतले घटयो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २२, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौं । सन् २०२० को आठ महिना अर्थात् अगस्टसम्म नेपालमा २ लाख १५ हजार ७१४ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंकअनुसार समिक्षा अवधीमा विदेशी पर्यटकको सख्या ७०।८२ प्रतिशतले घटेको छ । २०१९ को सोही अवधीमा ७ लाख ३९ हजार ३२३ जना विदेशी पर्यटक आएका थिए ।
कारोना भाइरस नियन्त्रण गर्न गत मार्चको तेस्रो हप्ताबाट लगाइएको लकडाउन र कोरोनाको बढ्दो जोखिमका कारण विदेशी पर्यटनको आगामन घटेको हो । तथ्यांकअनुसार मार्चदेखि नै विदेशी पर्यटकको सख्या अत्यन्त न्यून रहेको छ ।

नेपालमा बार्षिक ११ लाखदेखि १२ लाखसम्म पर्यटक आउने गर्छन् । सरकारले २०२० लाई भने भ्रमण बर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । तर, कोरोना भाइरसका कारण भ्रमण बर्ष स्थगित गरिसकिएको छ । पछिल्लो समय लकडाउन खुकुलो भएपनि विदेशी पर्यटकको आगामन नबढेको देखिन्छ । लकडाउन खुकुलो भएपछि कोरोनाको जोखिम अझै घटेको छैन । फलस्वरुप पर्यटकहरुले आफ्ना भ्रमण कार्यक्रमलाई स्थगित गरेका छन् । त्यसैको असरले नेपालमा पनि पर्यटक आगामनको सख्या घटेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस