पाँच बर्षपछि पुरानै स्वरुपमा रानीपोखरी: राष्ट्रपतिद्वारा यसरी भयो उद्घाटन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ५, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कातिक ५,काठमाडौँ । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् ।

रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरिन् ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ । रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो ।

त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस