कोटेश्वर–जडीबुटी सडकखण्ड ६ लेन विस्तार

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ मंसिर ७, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

 

मंसिर ७, काठमाण्डौ । सरकारले ४ लेनको कोटेश्वर–जडीबुटी सडकखण्ड ६ लेनमा विस्तार गर्ने काम पुसदेखि सुरु गर्ने भएको छ । थप दुई लेन विस्तार गर्न ठेक्का मूल्यांकनको काम भइरहेको सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिए । उनका अनुसार मंसिर तेस्रो हप्तासम्ममा ठेक्काको टुंगो लाग्नेछ । डिभिजनका अनुसार चालू आर्थिक वर्ष ०७७र७८ भित्रै काम सक्ने योजना छ । सडक विस्तार कोटेश्वर चोकदेखि काठमाडौं र भक्तपुर जोड्ने मनोहरा पुलसम्म गरिनेछ । १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको सडक विस्तारका लागि सबै प्राविधिक अध्ययनको काम सम्पन्न भइसकेको छ ।

पूर्वबाट राजधानी भित्रिने एक मात्र नाकामा दैनिक तीन घन्टासम्म जाम हुन थालेपछि सरकारले समाधानको उपायस्वरूप सडक विस्तार गर्ने योजना अघि सारेको हो । यसअघि बजेटमा समेत सरकारले सो क्षेत्रमा जामको समस्या समाधान गर्न सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस