मकवानपुरको बिकटमा मोटरबाटो, यात्रादेखि आयआर्जनमा सहजता !

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ मंसिर १३, शनिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर १३, मकवानपुर । भिमफेदी गाउँपालिकाले दुई वर्ष लगाएर डेढ करोडको लागतमा गाउँसम्म बाटो पु¥याएपछि महभिर, बाह्घरे सहित गाउँका ३ सय घरका बासिन्दा लाभान्वित भएका छन् । भिमफेदीसम्म पुग्नका लागि एक दिनको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । सडक सञ्जालले नजोडिएका कारण गाउँका कतिपय मानिस मोटरगाडी नदेखि बिते । कतिले समयमा उपचार नपाएर ज्यान गुमाए । अब सडक पुगेसँगै गाउँमा खुसी छाएको छ । बिरामीलाई छिटो स्वास्थ्य संस्था पुर्याउने अवस्था बनेको छ । खेतबारीमा फलाएका तरकारी बजारमा बेचेर आयआर्जन गर्ने बाटो खुलेको छ ।

भिमफेदी—कोगटे—देउराली—सिस्नेरी सडक खण्डको भिमफेदी—७ मेलटारबाट पालिकाले ८ किलोमिटर लामो सडक निर्माण गरिदिएको छ । ‘हामीले अहिले बाटो गाउँसम्म आउने कल्पनासमेत गरेका थिएनौं,’ ६६ वर्षीय दिलबहादुर घलानले भने, ‘गाडि चढ्ने सपना साकार भएको छ ।’ गाउँसम्म जाने सडक खण्डमा पर्ने चक्कुभीर चिरेरै बाटो गाउँसम्म पुग्ने कुरा स्थानीयलाई असम्भव लागेको थियो । हिँड्न पनि मुस्किल हुने भिर काटेर पालिकाले बाटो निर्माण गरेपछि गाउँमा सवारी साधन त पुग्यो नै गाउँको उत्पादन शहरमा बेचेर अर्थोउपार्जन गर्ने अवस्थासमेत बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस