मंसिर २३, नुवाकोट । नेपाल–चीन नाका जोड्ने अहिले सबैभन्दा बढी आवतजावत हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक डेडिकेटेड दुई लेनमा स्तरोन्नति हुने भएको छ । काठमाडौंबाट नजिक पर्ने र चिनियाँ पक्षले पनि बढी प्राथमिकता दिएका कारण ट्राफिक चाप बढ्ने भएकाले दुई लेनमा स्तरोन्नति गर्न लागिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।
कुल ८२ किलोमिटर लम्बाइको सडकलाई २०८० सम्म सम्पन्न गर्न प्राथमिकता दिएर काम भइरहेको छ । सोही लक्ष्यअनुसार नै काम भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताए । नयाँ पत्रिकाबाट साभार