धादिङमा पुननिर्माण अबस्था : ९५ प्रतिशत सम्पन्न हुँदा ३३ जना लाभग्राहिद्धारा रकम फिर्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २४, बुधबार (४ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

सन्तोष सुवेदी

मंसिर २४, धादिङ । १२ वैशाख २०७२ को बिनासकारी भूकम्पले क्षति पुगेको धादिङ जिल्लामा घरबार बिहीन हुन पुगेका भूकम्पपीडितमध्ये ५९ हजार ४ सय ४० परिवारको आवास निर्माण सकिएको छ । निजी आवासतर्फ धादिङमा हालसम्म कायम भएका पछिल्लो गुनासोसहित जम्मा लाभग्राही ८४ हजार ७ सय ६२ रहेका थिए । जसमध्ये ८१ हजार ३ सय १३ लाभग्राहीले आवास निर्माणका लागी सम्झौता गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन सुचना प्रणाली बिज्ञ दिपेन्द्र पौडले बताए । अनुदान सम्झौता गरेर प्रथम किस्ता ८१ हजार २ सय १५ जनाले लिएका छन् । ७२ हजार १ सय ३० लाभग्राहीले दोस्रो किस्ता वापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयसँग तंथ्याक छ । धादिङमा ५० हजार रकम बुझेर घर निर्माण नगर्ने ३२ जना र दोस्रो किस्ता फिर्ता गर्ने एक जना रहेको पौडेलले बताएका छन् ।

धादिङमा १ सय ४७ जना पहिचान भएका भूमिहीन लाभग्राहीहरूमध्ये १ सय १५ जनाले पहिलो किस्ता,२३ जनाले दोस्रो किस्ता र १२ जनाले तेस्रो किस्ता लिएका छन् । जिल्लामा ४ सय ७६ जना बिस्तापित भएका मध्ये ३ सय ९७ जनाले पहिलो किस्ता, २ सय ६८ जनाले दोसा्रे किस्ता र २ सय १३ जनाले तेस्रो किस्ता लिएका छन् । धादिङमा पहिलो चरणमा ७० हजार ५ सय ८१ जना लाभग्राहि रहेकोमा १४ हजार १ सय ८१ जना थपिएर जम्मा लाभग्राही संख्या ८४ हजार ७ सय ६२ पुगेको हो ।

जिल्लामा प्रवलिकरण गर्नुपर्ने घर संख्या ५१ सय ६२ रहेकोमा अनुदान सम्झौता गर्ने ३ हजार ६ सय ९० जना छन् । यसमा पहिलो किस्ता ३६ सय ८८ जना, दोस्रो किस्ता २७ जनाले लिएका छन् । दोस्रो किस्ता लिने सबैभन्दा कम ०.००५ प्रतिशत मात्र रहेको छ ।
धादिङमा जोखिम बर्गमा रहेका ८ हजार ८ सय २९ जना रहेका छन् । यसमा जेष्ठ नागरिक, ६५ बर्षभन्दा माथीका एकल महिला, नावालक, अपाङ्ता भएका ब्यक्तिरुको लागी थप ५० हजारसहित पहिलो किस्ता १७ सय ४४ जनाले लिएका छन् । दोस्रो किस्ता १५ सय १४ जना तथा १३ सय १७ जनाले तेस्रो किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

पुननिर्माणको सुचिमा नाम आएपछि धादिङ सिद्धलेकका ज्ञानेन्द्र मल्लले प्रबलीकरणका लागी निवेदन दिएसँगै उनी पुननिर्माणबाट प्रबलीकरणमा गएका छन् । यसरी जाने उनी मात्र रहेका छन् । धादिङमा सबैभन्दा बढी पुननिर्माण गंगा जमुना गाउँपालिकामा भएको छ । ६८ सय ५६ जना लाभग्राहि रहेकोमा ६२ सय १९ जनाले तेस्रो किस्ता लिसकेका छन् । जहाँ ६ हजार ७ सय ३९ जनाले सम्झौता गरेका थिए ।
धादिङमा १५ सय जनाको नाम आएपनि पैसा आउन बाँकी रहेको छ । ३ सय जनाको पहिलो किस्ता, ४ सयको दोस्रो किस्ता र करिव ५ सय जनाको पैसा आउन बाँकी रहेको छ । बजेट फुकुवा नभएका कारण अहिले रकम आउन ढिलाई भएको प्रमुख दिपेन्द्र पौडले बताए । धादिङ जिल्लामा अहिलेसम्म ९५.८५ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

नेपालमा कुल सर्वेक्षण १० करोड ३७ लाख २ सय ९१, प्रवलिकरण सूचीमा परेका लाभग्राही संख्या ७ लाख ८० हजार ३३, दर्ता भएका कुल गुनासो ६ करोड ३४ लाख ९ सय ७३,फर्छौट भएका गुनासोहरु ६ करोड ३४ लाख ९ सय ७३, लाभग्राही सुचिमा परेका कुल संख्या १ करोड ६२ लाख ६७ हजार ११,अनुदान सम्झौता सम्पन्न ७९ लाख १८ सय,पहिलो किस्ता वितरण ७८ लाख ५० हजार ७८, दोश्रो किस्ता वितरण ६७ लाख ७५ हजार ७४ रहेका छन् ।

स्तम्भ अनुसार

नेपाल सरकारले हालसम्म कायम भएका पुननिर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले यहि मंसिर मसान्त सम्म अनुदान सम्झौता गर्ने र पहिलो किस्ता पौष १५ सम्ममा लिनुपर्ने जनाएको छ । दोस्रो किस्ता माघ मसान्तसम्म र तेस्रो किस्ता बैशाख मशान्तसम्म लिन आग्रह गरिएको छ ।

फोटो : कर्णराज थापा मगर

ताजा अपडेट

खोजी गर्नुहोस