धरहरा पुनर्निर्माणको काम तिब्र

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ माघ १८, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । कोरोनाका कारण विकास निर्माणका अरु काम ठप्पजस्तै भए पनि धरहरा पुनर्निर्माणको काम रोकिएन । धेरैले सोचेभन्दा छिटो धरहरा अग्लिँदैछ ।

टुँडिखेल आसपासबाट मात्रै होइन, काठमाण्डौ उपत्यकाभित्रका अलि परको ठाउँबाट समेत धरहरा अग्लिँदै गरेको देख्न सकिन्छ । धरहरा नजिकै पुग्दा त माथिको उचाइ हेर्न टाउको निकै ठाडो पार्नुपर्ने भइसकेको छ । धरहरामा अहिले २१ तलाको काम भइरहेको छ । धरहरा जम्मा २२ तलाको हुनेछ । अब एकतला मात्रै थप्न बाँकी छ । त्यसपछि ‘फिनिसिङ’ काम हुनेछ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस