पर्यटन बोर्डको उपाध्यक्षमा रिजाल मनोनित

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७७ फागुन २०, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुण २०, काठमाडौ । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्रप्रसाद रिजाल नियुक्त भएका छन् । गत मंगलबार बसेको बोर्डको कार्यकारी समितिले रिजाललाई उपाध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

उपाध्यक्षमा नियुक्त भएका रिजाल यसअघि बोर्डका कार्यकारी सदस्य समेत हुन् । गत माघ २३ गते बसेको बोर्डको बैठकले रिजालसहित पर्यटन व्यवसायी ङावा ङिमा शेर्पा र कृष्णकुमार शाहलाई समेत कार्यकारी समिति सदस्यमा नियुक्त गरेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस