एलन मस्कले किने ४४ अर्ब डलरमा ट्वीटर

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ बैशाख १३, मंगलबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख १३, एजेन्सी । सामाजिक ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्द कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका थिए ।

उनले त्यसबेला ट्विटरमा ‘व्यापक सम्भावना’ रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए । उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए ।

कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो । तर अब उसले सेरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्नेछ ।

फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ ।

उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस