भोलि सबैजसो ठाउँमा वर्षा हुने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० बैशाख १६, शनिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख १६,काठमाडौँ । आज देशका सबैजसो ठाँउँमा बदली भएर धेरैजसो पहाडी क्षेत्रमा सामान्य वर्षा भएको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशमा धेरैजसो ठाउँमा बदली र वर्षा भएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए । अहिले पनि पहाडी भूभागका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैबीच भोलि भने मौसम बदली र वर्षा अझै धेरै हुने महाशाखाको पूर्वानुमान् छ । भोलि देशका तराईसहित सबैजसो ठाउँमा बदली भएर धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययमसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद् झाले बताए ।

भोलि पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङको सम्भावना धेरै रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस