मकवानपुर-७ का वडाध्यक्ष गाँजासहित पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १८, सोमबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

वैशाख १८, मकवानपुर । मकवानपुरको थाहा नगरपालिका ७ का वडाध्यक्ष शिवराज थिङ गाँजासहित पक्राउ परेका छन् ।

सोमबार बिहान ८ बजेको समयमा लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

आज बिहान थाहा नगरपालिका ७ आग्राका ७६ वर्षीय भीमबहादुर थिङ, वडाध्यक्ष शिवराज थिङ र ६७ वर्षीय ईन्द्रबहादुर थिङ पक्राउ परेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस