धादिङको धुनिवेशी र थाक्रे जोड्ने पुल भासिँदा पृृथ्वी राजमार्गमा कन्त बिजोग (तस्विरहरु)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १८, सोमबार (२ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

वैशाख १८, धादिङ । धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोला माथीको मोटरेवल पुल भासिँदा यातायात पुर्णरुपमा ठप्प छ । दिउँसो केहि समय परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको एकापट्टीको भाग भासिँदा सडक एकतर्फी रुपमा सञ्चालन भएकोमा अहिले पुलमा धेरै नै क्षति हुँदा दुवै तर्फ यातायात पुर्णरुपमा ठप्प भएको हो ।

भासिएको पुल सँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो । यातायात ठप्प भएसँगै राजमार्गमा यात्रा गरिरहेका यात्रुहरुले सास्ती पाएका छन् । भासिएको पुलमा ग्यावीन जाली हालेर बाटो खुलाउने भनिएको छ । तर तत्काल सडक खुल्ने अवस्था भने रहेको छैन । प्रहरीले वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस