हिजो भासिँएको पृृथ्वी राजमार्गको पुल अझै बनेन, ग्याविन जाली राख्ने काम हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १९, मंगलबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख १९, धार्के । धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोला माथीको मोटरेवल पुल भासिँदा यातायात अहिले पनि पुर्णरुपमा ठप्प छ । हिजो दिउँसो केहि समय परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको एकापट्टीको भाग भासिँदा सडक दुवै तर्फ यातायात पुर्णरुपमा ठप्प भएको थियो ।

भासिएको पुल सँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम भईरहेको छ । पुलभन्दा तलबाट माटो र ढुङ्गा भरेर ग्याविन जाली राखेर भर्ने काम भईरहेको छ । बाटो सुचारु हुन अझै ३ देखि ४ घण्टा लाग्ने देखिन्छ । यसरी यातायात ठप्प भएसँगै राजमार्गमा यात्रा गरिरहेका यात्रुहरुले निकै सास्ती पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस