कोभिड-१९ विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको डब्लूएचओको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २३, शनिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

वैशाख २३, काठमाण्डौँ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड १९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको छ । डब्लूएचओले तीन वर्षअघि कोभिड १९ लाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्य संकटकाल समाप्तको घोषणा गरेका हुन् । तर उनले उच्च तहको खतरा सतर्कता हटाउनुको अर्थ जोखिम सकिएको भन्ने भने नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘आपत्कालीन समितिको १५ औँ बैठकले मलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य संकटकालको अन्त्यको घोषणा गर्न सिफारिस गर्‍यो। मैले त्यो सल्लाह स्वीकार गरेको छु। त्यसैले यो ठुलो आशाका साथ म कोभिड-१९ विश्वव्यापी स्वास्थ्य संकटकालका रूपमा अन्त्य भएको घोषणा गर्छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस