कोकिनसहित नागढुङ्गाबाट २ जना भारतीय नागरिक पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २४, शुक्रबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २४, काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागु औषध कोकिनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। ४७ ग्राम २७ मिलिग्राम कोकिनसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र भारत उत्तर प्रदेश मैनपुरी घर भएका ३० वर्षीय विरेश चन्द्रा रहेका छन् ।

प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ३२१८ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई लागु पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानका लागि सोही ट्याक्सीका चालकसहित २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस