आज पहाडी क्षेत्रमा आंशिक बदली, केही प्रदेशमा हिमपातको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ३०, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, काठमाडौँ । आज देशका पहाडी क्षेत्रमा आंशिक बदली भएर बाँकी भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भए पनि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस