सांसद कोइरीविरूद्वको मुद्दामा आज पनि सुनुवाइ हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २७, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौँ । प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो कोइरीविरूद्वको मुद्दामा आजपनि सुनुवाई हुनेभएके छ । एमाले सांसद कोइरीमाथि सशस्त्र प्रहरीका सहायक निरीक्षक असई थमन विकको हत्या गरेको आरोप लागेको छ ।

जिल्ला अदालत महोत्तरीमा न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा भएको सुनुवाई हिजो नसकिएपछि ‘हेर्दाहेर्दै’ मा रहेको थियो । मुद्दाको निरन्तर सुनुवाइ आज जारी रहनेछ । २०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस