काठमाडौँ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ ।
मौसम पूर्वानुमान महाशाखका मौसमविद् सरोज पुडासैनीका अनुसार बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको हो ।
‘यो काठमाडौँ उपत्यकाका लागि यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो’, उनले भने । यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म देखिएको थियो । आज त्यसभन्दा पनि तल झरेको हो ।