एनसेलविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २८, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाडौँ । सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री प्रकरणबारे परेको रिटमाथि आज ९बिहीबार० सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा तोकिएको छ ।

बुधबार सुनुवाइका लागि पेशी न्यायाधीश नहकुल सुवेदीको इजलासमा तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । चार पटक लगातार ‘हेर्न नभ्याइने’ सूचिमा परेको सो रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

यसअघि मंसिर २४ गते न्यायाधीश कुमार रेग्मी, २५ गते न्यायाधीश विनोश शर्मा, २६ गते न्यायाधीश प्रकाश कुमार ढुंगाना र २७ गते नहकुल सुवेदीको एकल इजलासमा पेशी तोकिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस