इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ३०, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ३०, काठमाण्डौँ । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका सर्लाही साबिक जानकीनगर गाविस ७ का कोमल राज उपाध्याय पक्राउ परेका छन् । एनसिबि अबुधावीको समन्वयमा यूएई दुबईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ ।

उपाध्याय समेत संचालक रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी, खालिद बिन अल वालिद रोड अलराफा दुबईले दुबईमा आर्म्स गार्ड, डिपिएस सेक्युरिटीमा आकर्षक तलब र सुविधा सहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसामार्फत दुबई बोलाएको, रोजगारीका लागि भन्दै आफूहरूबाट रकम लिएको तर भने बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितहरूले उनी विरूद्ध जाहेरी दरखास्त दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस