एक अर्ब २४ करोड हिनामिना गर्ने उपसचिवसहित २६ जनाविरुद्धको मुद्दा सर्वोच्चमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ६, शुक्रबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष ६, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्चमा निवेदन दिएको छ ।
विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी सर्वोच्चमा निवेदन दिएको हो ।

सो मुद्दामा उपसचिव कानून सपना अधिकारी, राम प्रसाद घिमिरेसमेत २६ जना तथा सिद्धार्थ मिनरल्स प्रा।लि, मारुती सिमेन्टस लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रा।लि।,सोनापुर मिनरल्स एण्ड आयल प्रालि, सर्वोत्तम सिमेन्ट प्रालि, युनाइटेड सिमेन्ट प्रालि, उदयपुर मिनरल्स टेक प्रालि, कन्चन क्वेरिज प्रालि र डोलोमाइट चुनढङ्गा उद्योग प्रा।लि प्रतिवादी छन् ।

घिमिरेले राजस्व चुहावट गरी चुनढुङ्गा–सिमेन्ट कम्पनीहरूलाई फाइदा र नेपाल सरकारलाई एक अर्ब २४ करोड ४५ लाख २६ हजार ६४७ रुपैयाँ हानि नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ । जयराज घिमिरे र उपसचिव अधिकारी समेतले गलत प्रतिवेदन र टिप्पणी राय समेत दिई राजस्व चुहावट गरी चुनढुङ्गा–सिमेन्ट कम्पनीहरूलाई फाइदा र नेपाल सरकारलाई एक अर्ब २४ करोड ४५ लाख २६ हजार ६४७ रुपैयाँ हानि नोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस