आजको मौसम : काठमाडौँमा वर्षकै कम तापक्रम रेकर्ड, अन्य स्थानमा कस्तो छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १२, शुक्रबार (१ साल अघि)
  • १७ पटक पढिएको
आजको मौसम : काठमाडौँमा वर्षकै कम तापक्रम रेकर्ड, अन्य स्थानमा कस्तो छ ?

माघ १२, काठमाडौँ । काठमाडौँमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँमा तापक्रम ३ डिग्रीमा झरेको हो ।

यसअघि गएको सोमबार ३ दशमलव २ डिग्री मापन गरिएकोमा आज त्यसबाट पनि तल झरेर वर्षकै कम तापक्रम रेकर्ड भएको हो ।

मौसमविद् रोजन लामिछानेले अधिकतम तापक्रम पनि कम १६.६ डिग्री रहेको बताए। आज सबैभन्दा कम जोमसोममा माइनस ६.५ डिग्री पुगेको पनि उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस