काठमाडौं महानगरभित्र कटन क्यान्डी बिक्री गरे ५ हजारदेखि २ लाखसम्म जरिवाना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १३, शनिबार (१ साल अघि)
  • १४ पटक पढिएको
काठमाडौं महानगरभित्र कटन क्यान्डी बिक्री गरे ५ हजारदेखि २ लाखसम्म जरिवाना

माघ १३, काठमाडौँ । काठमाडौं महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक लगाएको छ ।

महानगरपालिका क्षेत्रभित्र बिक्रि गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर परिक्षण गर्दा त्यसमा अखाद्य तत्व मिसाइएको पाइएकोले त्यसले आम उपभोक्ताको स्वास्थ्यमा असर गरेको महानगरले जनाएको छ ।

शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमूना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा क्यान्डीमा अखाद्य रङ ‘रोडामाइन बी’ पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।

महानगरले आफ्नो क्षेत्रभित्र क्यान्डीको प्रयोग तथा बिक्रीवितरण नगर्न अनुरोध गर्दै चेतावनीयुक्त जरिवाना समेत तोकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस