काठमाडौंमा आज यस वर्षकै चिसो, तापक्रम २.२ डिग्री सेल्सियस मापन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १४, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
काठमाडौंमा आज यस वर्षकै चिसो, तापक्रम २.२ डिग्री सेल्सियस मापन

माघ १४, काठमाडौँ । काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।

‘आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड हो,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले भने । गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ । तराई मधेशका अधिकांश जिल्लामा भने बाक्लो हुस्सु कुहिरो लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस