पत्रकार अर्जुन श्रेष्ठमाथी एमाले कार्यकर्ताले गरे दुर्व्यवहार

पत्रकार अर्जुन श्रेष्ठमाथी एमाले कार्यकर्ताले गरे दुर्व्यवहार

माघ २०, धादिङ । नेकपा एमाले जिल्ला अधिवेशनको समाचार संकलन गर्न एमाले पार्टी कार्यालय मदनआश्रित भवन पुगेका नयाँ पत्रिका राष्ट्रिय दैनिकका धादिङ संवाददाता अर्जुन श्रेष्ठ माथि एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

समाचार संकलनका लागि पुगेका अर्जुन श्रेष्ठ, कृष्ण सारु मगर लगायत पत्रकारहरुलाई प्रवेशद्धारमा रहेका एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् ।
युट्यूव सिउट्यूव छाड्छेउ भाई मेरो नि मोवाइल छ, लाउ लैजाउ भन्दै पत्रकारितामाथि नै खिल्लि उडाउदै एक कार्यकर्ताले दुर्व्यवहार गरेको अर्जुन श्रेष्ठले बताए । उनले लोकतन्त्रमा प्रेस जगतमाथी लोकतान्त्रिक पार्टीले नै आक्रमण तथा दुर्व्यवहार गर्नु लज्जाको विषय भएको उनले अनलाइनकेन्द्रलाई बताए ।

प्रतिनीधी मनोनित, निर्वाचन संयोजक चयनमा मनोमानि भएको भन्दै डा रामकुमार अधिकारी,रमेश आचार्य पक्षले बन्द सत्र सुरु भए लगत्तै होहल्ला गरेका थिए । उनिहरुले धकेलाधकेल गरेपछि बन्दसत्र केही समयको लागि स्थगित भएको थियो ।

ताजा अपडेट

१४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस