नागरिकता किर्ते प्रकरणमा मुछिएका बिरगंजका मेयरविरुद्ध गृहले छानबिन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २६, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
नागरिकता किर्ते प्रकरणमा मुछिएका बिरगंजका मेयरविरुद्ध गृहले छानबिन गर्ने

माघ २६, वीरगन्ज । वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले नागरिकता किर्ते गरेको विरुद्धमा छानबिन गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्य टोली वीरगन्ज पठाएको छ ।

नागरिकता किर्तेबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले आन्तरिक रुपमा गठन गरेको छानबिन समितिले कार्यालयकै कर्मचारीहरुको संलग्नता देखाएपछि थप अनुसन्धानका लागी गृह मन्त्रालयले उपसचिव पुष्कर राणाको संयोजकत्वमा गठित दुई सदस्यीय टोली वीरगन्ज पठाएको हो ।

शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेको टोलीले एक श्रीमती र एक मात्र छोरा रहेको महानगरका मेयर सिंहले हुँदै नभएको छोरी बनाउँदा संलग्न कर्मचारी तथा सिफारिस कर्ता लगायत कार्यालयबाटै नागरिकताको मूल अभिलेखको फाइल गायब पार्ने सहितको अनुसन्धान गर्ने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

वीरगन्जका मेयर सिंहले रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई किर्ते गरी नागरिकता बनाइदिएको खुलासा भएको थियो। सोही विषयमा विभिन्न ७ वटा निकायमा उजुरी परेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकताको अभिलेखको रेखदेख र नजिकहरुलाई जिम्मेवारी मुक्त गरेर स्पष्टीकरण माग गरिसकेको छ ।

यता नागरिकताको छानबिनमा प्रशासनले तदारुकता नदेखाएको भन्दै नागरिकताको छानबिनको माग गर्दै बिहीबार दोस्रो दिन पनि सचेत नागरिक समाज पर्साले जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिएको छ ।

ताजा अपडेट

८ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस