आजको मौसम : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २७, शनिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

८ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस