काठमाडौंका सडकमा ‘एआई’को निगरानी किन ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २७, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
काठमाडौंका सडकमा ‘एआई’को निगरानी किन ?

माघ २७, काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ, जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ ।

अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौं उपत्यकामा भित्रिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले त्यसरी भागेका गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर रिड गर्ने क्षमताको अत्याधुनिक क्यामेराको प्रयोग थालिएको छ । अब एआई आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सिसिक्यामेराले काठमाडौंका सडकको निगरानी गर्नेछ ।

मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ । सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूमपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ । अनि नम्बरप्लेटलाई पनि रिड गरेर पठाउँछ ।

ताजा अपडेट

८ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस