आजको मौसम : कोशी र गण्डकीमा आंशिक बदली, काठमाडौंको न्यूनतम तापक्रम बढ्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २९, सोमबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाडौँ । मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी , गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानमा हिमपातको सम्भावना छ ।

तराईका केहि स्थानमा हुस्सु लागेको छ । काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंको तापक्रम क्रमिकरुपमा बढ्दै गएको छ ।

ताजा अपडेट

८ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस