आजको मौसम : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हल्का वर्षा तथा हिमपातको सम्भावना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ४, शुक्रबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

फागुन ४, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ । तराइका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

२ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस