दाङमा श्रीमानले गरे डिउटीमा रहेकी श्रीमतीको हत्या !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ४, शुक्रबार (१ साल अघि)
  • ५५ पटक पढिएको
दाङमा श्रीमानले गरे डिउटीमा रहेकी श्रीमतीको हत्या !

फागुन ४, दाङ । दाङमा गोली हानेर महिला प्रहरीको हत्या भएको छ ।

घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहरी हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।

गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।
झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेको बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

२ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस