आजको मौसम : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, केहि स्थानमा हिमपातको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ५, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन ५, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार देशको पहाडी भूभागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

२ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस