रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ६, आईतबार (१ साल अघि)
  • २७ पटक पढिएको
रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू आदेश

फागुन ६, रौतहट । रौतहटको ईश्वनाथ नगरपालिकामा स्थानीय प्रशासनले हिजो साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । फागुन ३ गते सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदाय बीच झडप भएको थियो ।

दुई समुदायबीच ३ फागुन भएको झडपलाई लिएर आज विवाद मिलाउन खोज्दा नमिलेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । विवाद मिलाउनका लागि बोलाइएको सर्वपक्षीय भेलामै कुटाकुट भएपछि आधा दर्जन स्थानीयवासी घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज साँझ ५ बजेदेखि इशनाथ नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । इशनाथ नगरपालिकाको पूर्वमा जोकाहागाउँ पश्चिममा सानो जोकाहा गाउँ उत्तरमा रामपुरखाप दक्षिणमा सशस्त्र बेस क्याम्प र उत्तरमा जयनगर प्रहरी चौकी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश जारी गरेको हो ।

साँझ ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

ताजा अपडेट

२ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस