आजको मौसम : यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ६, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

२ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस