मेलम्चीका अस्थायी संरचनामा चल्यो डोजर !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १२, शनिबार (१ साल अघि)
  • २२ पटक पढिएको
मेलम्चीका अस्थायी संरचनामा चल्यो डोजर !

फागुन १२, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले शनिबारबाट मेलम्ची बजारको मुख्य सडकको दाँयाबाँया बनेका अस्थायी संरचना एवं घर(टहरा हटाउन डोजर चलाएको छ ।

३५ दिने सूचना दिएर आफैं हटाउन समय दिए पनि नहटाइका संरचना, सडक पेटी मिचेर बनाइएका संरचना, होडिङ बोर्डलगायतका समग्री हटाउन सुरु गरेको हो ।

मेलम्ची नगरपालिका ११ मा पर्ने मेलम्ची खानेपानीको साइट कार्यालयदेखि मेलम्ची बजार सहित होटल रिभर साइड इनसम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थायी संरचना हटाउन सुरु गरेको नगरपालिकाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस