फागुन १३, काठमाडौँ । सरकारले काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितहरूलाई वार्तामा बोलाएको छ ।
गृह मन्त्रालयले पीडितहरूलाई पाँच सदस्यीय वार्ता टोली गठन गरेर वार्तामा आउन आह्वान गरेको हो ।
वार्ताका लागि गृह मन्त्रालयले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।