मिटरब्याज पीडितको तर्फबाट नौ सदस्यीय वार्ता टोली गठन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १४, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
मिटरब्याज पीडितको तर्फबाट नौ सदस्यीय वार्ता टोली गठन

फागुन १४, काठमाडौँ । सरकारसँग वार्ताका लागि मिटरब्याज पीडितको तर्फबाट नौ सदस्यीय वार्ता टोली गठन भएको छ ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालको तर्फबाट अवधेश कुश्वाहाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन भएको हो ।

गृहमन्त्रालयले पीडितहरूसँग वार्ताका लागि पाँच सदस्यीय वार्ता टोली गठन गरी वार्ताका लागि डाकेको थियो । संघर्ष समितिले वार्ता टोली गठन गरेसँगै आजैबाट सरकारसँग औपचारिक वार्ता सुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस