मिटर ब्याजपीडित र सरकारबीच आज वार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १४, सोमबार (१ साल अघि)
  • ३१ पटक पढिएको
मिटर ब्याजपीडित र सरकारबीच आज वार्ता हुँदै

फागुन १४, काठमाडौँ । मिटर ब्याजपीडित र सरकारबीच आज पनि वार्ता हुँदैछ । आज वार्तामा बस्ने गरी आइतबारको वार्ता टुंगिएको थियो । सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुनेछ । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति आइतबार भएको थियो ।

आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए । सरकारसँग वार्ता चलिरहे पनि पीडितहरूले सडक आन्दोलनलाई भने निरन्तरता दिने बताएका छन् ।

आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुशवाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा आदित्य राम, मोहन महतो, शिवशंकर महतो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस