भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २७, आईतबार (१ साल अघि)
  • ३१ पटक पढिएको
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फागुन २७, काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका(७ का मणिराज घिमिरे रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२ ०३२प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो । मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका(४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस