साधारणीकरण सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न,३६ वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १४, सोमबार (३ हप्ता अघि)
  • ६४ पटक पढिएको
साधारणीकरण सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न,३६ वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत
जेठ १४, काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागद्वारा यही आइतबार आयोजित अन्तर्राष्ट्रिय सङ्गोष्ठी भव्यतापूर्वक सम्पन्न भएको छ । भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्रा.डा. के.के. अग्रवालको प्रमुख आतिथ्यतामा ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठी हात्तीवन, ललितपुरस्थित स्कूल अफ आर्ट्स् परिसरमा सम्पन्न भएको हो ।
सङ्गोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक डा. योशिताका माइक मुख्य वक्ता (कीनोट स्पीकर) का रूपमा सहभागी थिए । भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला र एमसीयूकै वर्तमान उपकुलपति प्रा.डा. के.जी. सुरेश वक्ताका रूपमा सहभागी भए । चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत स्कूल अफ पोलिटिक्स एण्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष प्रा.डा. हान हङ र इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्रा. डा. इदा बागुस पुटु सुअम्बाले सञ्चार सिद्धान्तबारे धारणा राखे । कार्यक्रममा भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर मिडिया स्टडिजकी विभागीय अध्यक्ष डा. शुची यादव लगायतले पनि कार्यक्रममा सम्बोधन गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस