असार ४, काठमाण्डौँ । गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुलेको कुरा जानकारी गर्दछौ ।
ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्यलाई र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ। ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ।
यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्दछ। नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र पहिचान गरेर पछि सन् २०१६ सम्ममा यस कार्यक्रमले देशभरिका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो।
हालसम्म नेपालका ९ जना किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ । दक्षिण एशियाका अन्य देशहरूमा यसको पहुँच विस्तार गर्ने दृष्टिकोणका साथ, ग्लोकल टीन हिरो भारतमा २०१९ मा, श्रीलंकामा २०२० मा, र बंगलादेशमा २०२२ मा सुरु गरिएको थियो।
यस वर्ष, हामीले पूर्वदेखि पश्चिमसम्म ५०+ शहरहरू र १००० विद्यालय÷कलेजहरूका १ लाखभन्दा बढी किशोर किशोरिहरुसम्म पुग्ने लक्ष्य राखेका छौं ।