कालाजार

बागलुङमा पहिलोपटक भेटियो कालाजार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २५, मंगलबार (११ महिना अघि)
  • १११ पटक पढिएको
बागलुङमा पहिलोपटक भेटियो कालाजार

असार २५, काठमाण्डौँ । बागलुङमा पहिलोपटक कालाजारको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिकाका ६१ वर्षीय पुरुषमा कालाजार देखिएको हो ।

परजीवीकाले टोक्दा मानिसको मृत्युका कारणमध्ये कालाजार औलोपछिको दोस्रो रोग हो । ‘स्यान्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट कालाजारको संक्रमण हुन्छ । उक्त संक्रमण देखिएका स्थानका ४१ जनामा स्वास्थ्य परीक्षण समेत भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

जिल्लामा पहिलोपटक कालाजार देखिएकाले कालाजार देखिएका स्थानमा उच्च सतर्कता अपनाइएको छ । साथै अनुगमन बढाइएको छ भने आगामी दिनमा कालाजारको थप अध्ययन गरिने उक्त कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।

#कालाजार

ताजा अपडेट

खोजी गर्नुहोस